काठमाडौँ । सरकारले ११ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा पठाइएको छ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने सोही मन्त्रालयका श्री चन्द्र शाहलाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिइएको छ।
सरुवा सूची

तपाईको प्रतिक्रिया