संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्तासँग परामर्श लियो
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार पार्न गठित कार्यदलले पूर्वमहान्यायाधिवक्ता र कानुन विज्ञसँग विस्तृत परामर्श गरेको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा शासकीय स्वरुप, निर्वाचन प्रणाली, संघीय संरचना, न्यायपालिका सुधार र संवैधानिक निकायको पुनरावलोकनलगायत विषयमा सुझाव संकलन गरिएको हो।
विज्ञहरूले संशोधनको उद्देश्य स्पष्ट पार्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको सम्भावना, निर्वाचन प्रणाली सुधार, प्रदेश संख्या तथा संरचना पुनरावलोकन, न्यायपालिकाको पुनःसंरचना र संवैधानिक आयोगको संख्या घटाउने विषयमा धारणा राखेका छन्।
यस्तै, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने, स्थानीय तहलाई सशक्त बनाउने, समावेशितालाई कायम राख्ने तथा शासन प्रणाली प्रभावकारी बनाउन राजनीतिक स्पष्टता आवश्यक रहेकोमा जोड दिइएको छ।
कार्यदलले यी सुझावलाई आधार बनाएर संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने जनाएको छ।
तपाईको प्रतिक्रिया