समाज
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा
शुक्रबार बैशाख २५, २०८३/ Friday 05-08-26
चितवन। पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा खसेको सुक्खा पहिरो सडक डिभिजन कार्यालयको समन्वयमा हटाइएपछि केहीबेर अघिबाट यातायात सञ्चालनमा आएको हो।
पहिरोका कारण आज बिहान सवा ५ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै दुवैतर्फ रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न थालेका छन्।
तपाईको प्रतिक्रिया