राजनीति
प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न बारको बैठक बस्दै
शुक्रबार बैशाख २५, २०८३/ Friday 05-08-26
काठमाडौं। नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि त्यसबारे संस्थागत धारणा तय गर्न बैठक बोलाइएको नेपाल बार एसोसिएसनले जनाएको छ।
बारका अध्यक्ष डा. विजय मिश्रका अनुसार बैठकमा सल्लाहकार, संविधानविद्, कानुनविद् तथा पूर्वपदाधिकारीलाई समेत सहभागी गराइनेछ। बैठकमा प्राप्त सुझावका आधारमा बारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
तपाईको प्रतिक्रिया