राजनीति
भारतीय विदेश सचिवको काठमाडौं भ्रमण अन्तिम समयमा स्थगित
शुक्रबार बैशाख २५, २०८३/ Friday 05-08-26
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको काठमाडौं भ्रमण अन्तिम समयमा स्थगित भएको छ। उनी दुई दिने भ्रमणका लागि सोमबार नेपाल आउने तयारीमा थिए।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह, परराष्ट्रमन्त्री शिशिर खनाल तथा अन्य उच्च नेतृत्वसँग भेट गर्ने योजना थियो। तर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटको समय नमिलेपछि भ्रमण रोकिएको स्रोतको दाबी छ।
यद्यपि भारत पक्षले भने अन्य व्यस्त तालिकाका कारण भ्रमण सारिएको जानकारी दिएको छ। यो भ्रमण नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने उद्देश्यका साथ तय गरिएको बताइएको थियो।
तपाईको प्रतिक्रिया