परासी । नवलपरासीमा जिउँदै रहेका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र बनाएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।
सुस्ता गाउँपालिका–५ का जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै उनको मृत्यु दर्ता गरिएपछि घटना बाहिरिएको हो। यस प्रकरणमा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी र तारिख मियालाई थुनामा पठाइएको छ।
अनुसन्धान अनुसार तारिख मियाले आफ्ना मृतक बाबुको नामसँग मिल्ने जीवित व्यक्तिको विवरण प्रयोग गरी मृत्यु दर्ता गराएका थिए। बाबुको नागरिकता नभएकाले आफ्नै नागरिकता बनाउन यस्तो काम गरिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया