काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट अलगिएका छन्। उनले कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र बस्न चाहेको जानकारी पार्टीलाई दिएका हुन्।
शुक्रबार बसेको बैठकले बाबुरामको निर्णयलाई सम्मान गर्दै उनको आगामी राजनीतिक यात्राको शुभकामना दिएको जनाएको छ। यस्तै, प्रलोपाका नेता सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
अब प्रलोपाको अध्यक्ष परिषद्को नेतृत्व सन्तोष परियारले गर्ने भएका छन्।
तपाईको प्रतिक्रिया