राजनीति
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्ने
शनिबार बैशाख २६, २०८३/ Saturday 05-09-26
काठमाडौं। सरकारले आगामी वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते सोमबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सो सम्बोधन कार्यक्रममा सहभागी हुन संघीय संसद्का सबै सदस्यलाई आह्वान गर्नसमेत राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।
संवैधानिक व्यवस्था तथा अभ्यासअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया