शनिबार २६ बैशाख २०८३
राजनीति

सुदूरपश्चिममा कांग्रेसको भेला आज, सभापति थापाले उद्घाटन गर्ने

शनिबार बैशाख २६, २०८३/ Saturday 05-09-26

कैलाली। नेपाली कांग्रेसले आज धनगढीमा प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला आयोजना गर्दैछ।

पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलालाई सभापति गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेसहित केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू सहभागी हुनेछन्।

भेलामा प्रतिनिधिसभा निर्वाचन परिणामको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादन मूल्यांकन तथा पार्टी संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिनेछ। साथै प्रदेश सरकारका प्रतिनिधि, सांसद, जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिहरूबाट समेत रिपोर्टिङ लिने कार्यक्रम रहेको छ।

भोलिको दिन स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरूको प्रशिक्षण सत्र राखिएको छ, जसमा पार्टी नेतृत्वले नीति तथा संगठनात्मक विषयमा मार्गदर्शन गर्नेछ। कांग्रेसले यो भेलालाई आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

 

तपाईको प्रतिक्रिया