राजनीति
प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ
शुक्रबार बैशाख २५, २०८३/ Friday 05-08-26
काठमाडौँ। न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयविरुद्ध दायर रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ।
वरीयता मिचिएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका थिए। तर ती रिट दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
संवैधानिक परिषद्ले हिजो डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उक्त निर्णय कानुनविपरीत रहेको दाबी गर्दै रिट दायर गरिएको हो।
तपाईको प्रतिक्रिया