फिन एलेनको शतकीय विस्फोटमा दिल्लीमाथि कोलकाताको ८ विकेटको शानदार जित
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै सहज जित निकालेको छ।
शुक्रबार राति दिल्लीमा भएको खेलमा १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर २ बलमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
कोलकाताका फिन एलेनले अविजित १ सय रनको शानदार शतकीय पारी खेले। क्यामरुन ग्रीनले ३३ रन जोड्दा अजिंक्य रहाणेले १३ रन बनाए। दिल्लीका अक्षर पटेलले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो।
दिल्लीका पथुम निसान्काले ५० रनको अर्धशतक प्रहार गरे। आशुतोष शर्माले ३९ रन बनाए भने अक्षर पटेलले ११ रनको योगदान दिए।
कोलकाताका कार्तिक त्यागी र अनुकूल रायले समान २–२ विकेट लिए भने क्यामरुन ग्रीनले १ विकेट हात पारे।
यस जितसँगै कोलकाता १० खेलबाट ९ अंक जोड्दै तालिकाको सातौँ स्थानमा पुगेको छ। दिल्ली भने ११ खेलबाट ८ अंकसहित आठौँ स्थानमा रहेको छ।
तपाईको प्रतिक्रिया