शनिबार २६ बैशाख २०८३
राजनीति

रास्वपाले आजदेखि सांसदहरूलाई प्रशिक्षण दिँदै, सहभागिता अनिवार्य गरिएको निर्देशन

शनिबार बैशाख २६, २०८३/ Saturday 05-09-26

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ।

पार्टीको प्रशिक्षण विभागका प्रमुख विपिनकुमार आचार्यका अनुसार प्रशिक्षण आज र भोलि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रशिक्षणमा संसदीय अभ्यास, विधेयक प्रक्रिया, नीति निर्माण तथा समसामयिक राजनीतिक विषयमा सांसदहरूलाई जानकारी गराइनेछ।

कार्यक्रममा प्रतिनिधिसभामा पार्टीको तर्फबाट निर्वाचित सबै सांसदहरूको अनिवार्य सहभागिता रहने गरी पार्टीले निर्देशन दिएको छ।

 

तपाईको प्रतिक्रिया