सांसदको क्षमता विकास गर्न रास्वपाको विशेष प्रशिक्षण ललितपुरमा सुरु
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता गणेश पराजुलीले गरेका हुन्।
प्रशिक्षणमा सांसदहरूलाई संसदीय समितिमा हुने छलफल, संसदमा प्रभावकारी प्रस्तुति, संसदीय मर्यादा, जिम्मेवारी तथा विषयगत मुद्दामा धारणा राख्ने तरिकाबारे प्रशिक्षण दिइने रास्वपाले जनाएको छ।
पार्टीका अनुसार प्रशिक्षणले सांसदहरूको क्षमता अभिवृद्धि, आत्ममूल्यांकन, अनुभव आदानप्रदान र सकारात्मक राजनीतिक संस्कार विकासमा सहयोग पुर्याउने उद्देश्य राखेको छ।
शनिबारदेखि सुरु भएको कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ। समापन सत्रलाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भने संसदीय दलका नेता एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने तथा संसदीय दलका नेता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह कार्यक्रममा सहभागी छैनन्।
तपाईको प्रतिक्रिया