सोमबार २८ बैशाख २०८३
राजनीति

कांग्रेसले सञ्चालनमा ल्यायो एआई कल सेन्टर

सोमबार बैशाख २८, २०८३/ Monday 05-11-26

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई सहज बनाउन एआई आधारित कल सेन्टर सेवा सुरु गरेको छ ।

कांग्रेसका अनुसार अब सदस्यहरूले ९७०१२५५५५५ नम्बरमा फोन गरी ‘कांग्रेस एआई साथी’सँग प्रत्यक्ष संवाद गर्न सक्नेछन् ।

क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिले जारी गरेको जानकारीअनुसार यो सेवा सातै दिन, २४सै घण्टा सञ्चालनमा रहनेछ । सदस्यता अद्यावधिकसँग सम्बन्धित समस्या, जिज्ञासा तथा सुझावहरू एआई प्रणालीमार्फत संकलन गरी आवश्यक समाधानको प्रक्रिया अघि बढाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया