सोमबार २८ बैशाख २०८३
राजनीति

राष्ट्रियसभामा ८ अध्यादेश पेस

सोमबार बैशाख २८, २०८३/ Monday 05-11-26

काठमाडौँ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सरकारले जारी गरेका विभिन्न आठ वटा अध्यादेश प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ सभामा पेस गरिन् ।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ राष्ट्रियसभामा प्रस्तुत गरे । मन्त्री गौतमले नै ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पनि सभासमक्ष पेस गरिन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रस्तुत गरिन् भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता ले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरिन् ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ राष्ट्रियसभामा प्रस्तुत गरेका हुन् ।

राष्ट्रियसभाको अर्को बैठक आजै अपराह्न ५ः१५ बजे बस्ने तय गरिएको छ।

तपाईको प्रतिक्रिया