सोमबार २८ बैशाख २०८३
बिजनेस

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ अवार्ड

सोमबार बैशाख २८, २०८३/ Monday 05-11-26

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको छ।

न्यु बिजनेस एज लिमिटेडद्वारा २०८३ वैशाख २५ गते शुक्रबार काठमाडौंमा आयोजित ‘न्यु बिजनेस कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’को दशौं संस्करणमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गरिमा विकास बैंकलाई उक्त सम्मान हस्तान्तरण गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैंकले यो सम्मानले आफ्ना ग्राहकलाई सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यमा थप ऊर्जा र प्रेरणा मिलेको जनाएको छ। साथै, बैंकले निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने ग्राहक, सेयरधनी, कर्मचारी, नियामक निकाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

यसअघि पनि गरिमा विकास बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले इमर्जिङ एसिया बैंकिङ अवार्ड्स २०२५ मा ‘द बेस्ट बैंक’ र ‘बेस्ट एआई/एमएल इम्प्लिमेन्टेशन’ विधामा उत्कृष्टता हासिल गरेको थियो भने ‘बेस्ट एमएसएमई एक्सेलेरेसन’ विधामा रनर-अप बनेको थियो।

त्यसैगरी, कर्पोरेट क्लब नेपालद्वारा आयोजित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट पनि बैंक सम्मानित भएको थियो।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया