शुक्रबार १२ असार २०८३
राजनीति

२६५६ मतसहित स्वर्णिम वाग्ले बने रास्वपाका सर्वाधिक मत ल्याउने केन्द्रीय सदस्य

बिहीबार असार ११, २०८३/ Thursday 06-25-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्।

महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार वाग्लेले २ हजार ६५६ मत प्राप्त गरेका छन्। उनी केन्द्रीय सदस्य पदका उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने नेता बनेका हुन्।

रास्वपाको प्रवास समितिबाट खसेको सम्पूर्ण मत पनि वाग्लेकै पक्षमा परेको बताइएको छ। महाधिवेशनको मतगणना अन्तिम चरणमा पुगेसँगै निर्वाचन समितिले क्रमशः अन्तिम नतिजा सार्वजनिक गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया