सेयर बजारमा गिरावट जारी, २ अर्ब ८३ करोडमा खुम्चियो कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.५० अंकले घट्दै २६५१.५२ विन्दुमा सीमित भएको हो।
आजको कारोबारमा अधिकांश कम्पनीहरूको सेयर मूल्य ओरालो लागेको छ। नेप्सेका अनुसार ८३ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ भने १९ कम्पनीको मूल्य यथावत् रहेको छ।
कारोबार रकममा पनि कमी आएको छ। दिनभरमा दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ६४ लाख ८० हजार ५९९ कित्ता सेयर ४६ हजार ७५१ पटक खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरका लगानीकर्ताले सकारात्मक सर्किटको लाभ उठाएका छन्। त्यस्तै, कालिका लघुवित्त, सप्तकोसी विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स उच्च मूल्यवृद्धि हुने कम्पनीहरूको सूचीमा परेका छन्।
समूहगत प्रदर्शनतर्फ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह मात्र ०.१४ प्रतिशतले बढ्न सफल भएको छ। अन्य १२ वटा समूहका सूचक भने घटेर बन्द भएका छन्।
तपाईको प्रतिक्रिया