काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन् ।
यसअघि सरकारले विभिन्न निकायमा भएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि भट्टले पद त्याग गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया