काठमाडौं । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ आज पनि प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन् ।
आजको बैठकको कार्यसूचीमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने उल्लेख छ । यससँगै प्रधानमन्त्री अनुपस्थित रहने भएपछि संसदमा फेरि विवाद चर्किने संकेत देखिएको छ ।
यसअघि पनि प्रधानमन्त्री शाह बैठकमा अनुपस्थित भएपछि विपक्षी दलहरूले कडा आपत्ति जनाउँदै निरन्तर नाराबाजी र अवरोध गरेका थिए । विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको जवाफ प्रधानमन्त्री आफैंले दिनुपर्ने अडान दोहोर्याइरहेका छन् ।
तर सरकार पक्षले भने कार्यव्यवस्थाका कारण अर्थमन्त्रीमार्फत जवाफ प्रस्तुत गर्ने तयारी गरिएको बताएको छ ।
तपाईको प्रतिक्रिया