नेप्सेमा सामान्य अंकको गिरावट, २ अर्ब ८० करोडमाथिको कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक बुधबार भने झिनो अंकले ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१५ अंक अर्थात् ०.१५ प्रतिशतले घटेर २,७४०.२५ विन्दुमा पुगेको छ । यसअघि मंगलबार नेप्से ३९.४४ अंकले घट्दै २,७४४.४० विन्दुमा बन्द भएको थियो ।
आज ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँ पुगेको छ । कारोबार ४२ हजार १७६ पटक भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७६ कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
बुधबार सबैभन्दा धेरै नाफा कमाउने कम्पनी एसियन हाइड्रोपावर बनेको छ । कम्पनीको सेयर मूल्य ११.४२ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, एसवाई प्यानल नेपाल, हिमालयन बैंक लिमिटेड बन्ड २०८६, एनआईसी एसिया ग्रोथ फण्ड–२ र सेञ्चुरी डिबेञ्चर २०८८ पनि उच्च लाभ कमाउने कम्पनीहरूको सूचीमा परेका छन् ।
यता, धौलागिरी लघुवित्त वित्तीय संस्था सर्वाधिक मूल्य गुमाउने कम्पनी बनेको छ । त्यसपछि झापा इनर्जी लिमिटेड, १० प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०९०, रिजलाइन इनर्जी र आरबीबी फोकर ४० कम्पनीको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
तपाईको प्रतिक्रिया