बिहीबार ३१ बैशाख २०८३
शिक्षा

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा सुशीलबहादुर बज्राचार्य नियुक्त

बिहीबार बैशाख ३१, २०८३/ Thursday 05-14-26

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय को निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यलाई नियुक्त गरेको छ।

तत्कालीन सरकारले नियुक्त गरेका विश्वविद्यालय पदाधिकारी हटाउने उद्देश्यसहित वालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेश ल्याएपछि त्रिविका प्रमुख पदहरू खाली भएका थिए। त्यसअघि नै उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर खड्ग केसी तथा रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले राजीनामा दिएका थिए।

विश्वविद्यालय पदाधिकारीविहीन बनेपछि प्रधानमन्त्री तथा कुलपति बालेन शाहले बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

यसैबीच, नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भइसकेको छ। समितिले आवेदन प्रक्रिया सुरु गर्दै इच्छुक उम्मेदवारलाई १० दिनभित्र आवेदन दिन समयसीमा तोकेको छ।

 

तपाईको प्रतिक्रिया