सोमबार १५ असार २०८३
समाज

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

आइतबार असार १४, २०८३/ Sunday 06-28-26

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी परीक्षणका क्रममा तीन प्रकारका तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक मात्रामा विषादी अवशेष फेला परेको छ।

विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाइले असार १२ गते गरेको नियमित परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौका, मकवानपुरको थाहा नगरपालिकामा उत्पादन गरिएको काउली तथा सल्यानबाट ल्याइएको आलुमा अत्यधिक मात्रामा अर्गानोफस्फेट समूहको विषादी भेटिएको जनाएको छ।

प्रयोगशालाका अनुसार धादिङमा उत्पादन गरिएको लौका कृष्णबहादुर धिताल, मकवानपुरको काउली रामेश्वर प्रसाद कानु र सल्यानको आलु भरत प्रसाद अर्यालले कालिमाटी बजारमा बिक्रीका लागि ल्याएका थिए।

परीक्षणमा ती तीनवटै तरकारीमा विषादीको मात्रा स्वीकृत मापदण्डभन्दा बढी देखिएकाले उपभोगका लागि अयोग्य ठहर गर्दै सम्बन्धित पक्षलाई तत्काल विसर्जन गर्न निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया