काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला ४ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १४५ रुपैयाँले महँगिएको हो।
नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको प्रतितोला मूल्य २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँ र चाँदी ४ हजार १८० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल सुन प्रतिऔँस ४ हजार ८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
तपाईको प्रतिक्रिया