बिहीबार ३१ बैशाख २०८३
राजनीति

नीति तथा कार्यक्रममाथिको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने

प्रधानमन्त्री अनुपस्थितहुँदा विपक्षको आपत्ति
बिहीबार बैशाख ३१, २०८३/ Thursday 05-14-26

काठमाडौं। सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने भएका छन्।

प्रतिनिधिसभाको कार्यसूचीमा पहिले प्रधानमन्त्रीले नै जबाफ दिने उल्लेख भए पनि पछि परिवर्तन गरी अर्थमन्त्री वाग्लेलाई जिम्मेवारी दिइएको हो।

विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको आरोप लगाउँदै आएका छन्। उनीहरूले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरेका छन्।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन शाह संसदमा अनुपस्थित रहेको भन्दै विपक्षीले आलोचना गर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया