राजनीति
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे
बिहीबार बैशाख ३१, २०८३/ Thursday 05-14-26
काठमाडौँ । रक्षा र गृह मन्त्रालय आफैँले राखेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि आफैँले राखेका छन्।
हिजो मात्रै मन्त्रालय घटाएर २२ बाट १८ मा झारेका प्रधानमन्त्री शाहले त्यसका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको सूचना प्रविधिलाई पनि आफैँसँग गाभेर शक्तिशाली बनाएका छन्।
आज राष्ट्रपति कार्यालयबाट जारी सूचनामा प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि आफैँले राखेको उल्लेख छ।

तपाईको प्रतिक्रिया