मकवानपुर । दीपकप्रसाद देवकोटा ले बागमती प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य गरेका छन्। बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसका आधारमा उनले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गत २०८२ चैत २४, २५ र २६ गते तथा २०८३ वैशाख ६ गते बैठक बसेको थियो। उक्त अधिवेशनमा विभिन्न समसामयिक विषयमा छलफल तथा संसदीय कार्यसूची अघि बढाइएको थियो।
तपाईको प्रतिक्रिया