काठमाडौं । काठमाडौं विश्वविद्यालय को उपकुलपति पद रिक्त रहेकाले दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्ले लाई दिइएको छ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाह ले गत वैशाख ३० गते गरेको निर्णयअनुसार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो।
वाग्ले यसअघि काठमाडौं विश्वविद्यालयको कानुन संकायका डीनको रूपमा कार्यरत थिए। विश्वविद्यालयका अनुसार उनले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालिसकेका छन्।
तपाईको प्रतिक्रिया