शुक्रबार १ जेठ २०८३
बिजनेस

नेपाल वायुसेवा निगमको सञ्चालकमा पाँच जना नियुक्त

शुक्रबार जेठ १, २०८३/ Friday 05-15-26

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक सदस्य पदमा पाँच जनालाई नियुक्त गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत छनोट भएका उम्मेदवारलाई सात दिनभित्र नियुक्ति बुझ्न उपस्थित हुन आग्रह गरेको हो ।

नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ अनुसार गठित छनोट समितिको सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।

गत वैशाख १२ गते गोरखापत्रमा प्रकाशित सूचनाअनुसार आवेदन दिएका २७ जना उम्मेदवारमध्ये शैक्षिक योग्यता, कार्यअनुभव, व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा योग्यताक्रम निर्धारण गरी पाँच जनालाई चयन गरिएको हो ।

नियुक्त हुने सञ्चालक सदस्यहरूमा डा. दीपक प्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाल रहेका छन् ।

 

तपाईको प्रतिक्रिया