काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान जारी राख्न थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद थप गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको आरोपमा पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसअघि विशेष अदालतले असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद असार १४ गते सकिएपछि अदालतले अनुसन्धान अपूरो रहेको भन्दै थप तीन दिनको म्याद थप गरेको हो।
तपाईको प्रतिक्रिया