काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने क्रममा दुई नयाँ पदाधिकारी मनोनीत गरेको छ।
पार्टी सभापति गगनकुमार थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य र अधिवक्ता राजु कटुवाललाई सदस्य–सचिवको जिम्मेवारी दिएका हुन्।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार यी मनोनयन गरिएको हो।
तपाईको प्रतिक्रिया