मंगलबार १६ असार २०८३
राजनीति

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

सोमबार असार १५, २०८३/ Monday 06-29-26

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनलाई अदालतमा पेश गरिएको हो।

पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पदको दुरुपयोग गर्दै व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान अघि बढाइरहेको छ।

यसअघि पौडेलको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित निकायका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। उक्त मुद्दासँग सम्बन्धित कानुनी प्रक्रिया अहिले पनि जारी रहेको छ।

तपाईको प्रतिक्रिया