मंगलबार १३ असोज २०८३
समाज

धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो

सोमबार असोज १२, २०८३/ Monday 09-28-26

ललितपुर । ललितपुर महानगरपालिका–धापाखेलमा पहिरोका कारण साढे दुई तले घर भत्किएको छ।

लगातारको वर्षाका कारण जमिन गलेर भिरालो भूभागमा बनेको घर सोमबार बिहान ढलेको ललितपुर प्रहरीले जनाएको छ।

पहिरोको जोखिम देखिएपछि घरधनीलाई अघिल्लो दिन नै घर खाली गर्न आग्रह गरिएको थियो। समयमै घर खाली गरिएकाले घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया