काठमाडौं । लगातारको वर्षाका कारण बढेको नारायणी नदीको जलसतह घट्न थालेको छ। चितवनस्थित नारायणी नदीमा आइतबार ११.९४ मिटरको उच्च जलसतह मापन भएकामा अहिले घटेर ७.४५६ मिटरमा झरेको छ।
जलसतह घटेसँगै नारायणी नदी क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। लगातारको वर्षापछि नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा बाढी तथा कटानको जोखिम बढेको थियो।
हाल पानीको सतहमा उल्लेख्य कमी आए पनि नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा अझै सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ। पछिल्ला दिनमा देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना भइरहेका छन्।
नारायणी नदीको जलसतह घट्दै गएसँगै चितवन तथा आसपासका क्षेत्रमा बाढीको जोखिमसमेत क्रमशः कम हुँदै जाने देखिएको छ।
तपाईको प्रतिक्रिया