राजनीति
राष्ट्रपति पौडेलसमक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
सोमबार असोज १२, २०८३/ Monday 09-28-26
काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ।
राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्।
नेपालको संविधानको धारा २९४ ले गरेको व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक कार्यसम्पादन तथा आर्थिक वर्ष २०८२/८३ को प्रगति समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया