खेलकुद
अमेरिकाविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल, ईशानको डेब्यु
शनिबार जेठ २, २०८३/ Saturday 05-16-26
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। कप्तान सैतेजा मुक्कामल्लले टस जित्दै अमेरिका ब्याटिङमा उत्रिएको छ।
यस खेलबाट ईशान पाण्डेले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् भने कुशल भुर्तेल टोलीमा पुनरागमन गरेका छन्।
नेपालको सुरुवाती ११ः
कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी।
तपाईको प्रतिक्रिया