खेलकुद
कुशल भुर्तेलको शानदार शतक, अमेरिकाविरुद्ध नेपालको बलियो सुरुआत
शनिबार जेठ २, २०८३/ Saturday 05-16-26
काठमाडौं । कुशल भुर्तेल ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो शतक पूरा गरेका छन्। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उनले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय इनिङ्स खेले।
भुर्तेलले ३२.३ ओभरमा १०४ बल खेल्दै १२ चौका र ३ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। उनले ओपनर आसिफ शेख सँग पहिलो विकेटका लागि १४५ रनको शानदार साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाए।
उनको शतकीय प्रदर्शनले नेपाललाई ठूलो स्कोरतर्फ अघि बढाउन महत्वपूर्ण योगदान दिएको छ।
तपाईको प्रतिक्रिया