नेपालगञ्ज। कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका ७५१ घरटहरा हटाएको छ। चार दिनसम्म सञ्चालन गरिएको डोजर अभियानअन्तर्गत वडा नं. ११ स्थित क्रिकेट मैदान आसपासको बस्ती खाली गराइएको हो।
नगरप्रमुख पूर्णप्रसाद आचार्य ले वास्तविक सुकुम्वासीलाई व्यवस्थापन गर्ने तथा आवश्यक परे जीवन निर्वाह भत्ता उपलब्ध गराउने बताएका छन्। प्रभावित परिवारलाई हाल नयाँ बसपार्क भवनको होल्डिङ सेन्टरमा राखिएको छ, जहाँ २७९ जना आश्रित छन्, जसमा करिब ६० बालबालिका रहेका छन्।
दैनिक ज्यालादारी गर्ने अधिकांश परिवारले खाद्यान्न अभाव, बसोबासको असहजता र भविष्यप्रतिको चिन्ता बढेको बताएका छन्। मानवअधिकारकर्मी र कानुन व्यवसायीहरूको टोलीले पनि होल्डिङ सेन्टरको अनुगमन गर्दै प्रभावितहरूको अवस्थाबारे जानकारी लिएको छ।
तपाईको प्रतिक्रिया