काठमाडौं। टुँडिखेल क्षेत्रमा काठमाडौँ महानगरपालिकाले दुबो (बरमुढा घाँस) रोप्ने तयारी थालेको छ। हाल उक्त क्षेत्रको जमिन सम्याउने काम धमाधम भइरहेको छ।
महानगरको सार्वजनिक निर्माण विभागका अनुसार धुलो र हिलोको समस्या घटाउँदै टुँडिखेललाई सफा, हरियालीयुक्त र सर्वसाधारणमैत्री खुला स्थान बनाउने उद्देश्यसहित परियोजना अघि बढाइएको हो।
खुलामञ्चमा जस्तै विशेष बरमुढा प्रजातिको दुबो रोपिनेछ। बिहानको मर्निङ वाक, खेलकुद तथा सार्वजनिक कार्यक्रमका लागि सहज वातावरण बनाउने लक्ष्य महानगरले राखेको छ।
तपाईको प्रतिक्रिया