सोमबार ४ जेठ २०८३
राजनीति

राप्रपाको मुख्यसचिवमा प्रा.डा. खनाल नियुक्त

आइतबार जेठ ३, २०८३/ Sunday 05-17-26

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्राध्यापक डाक्टर जयन्तनाथ खनाललाई पार्टीको मुख्यसचिव पदमा नियुक्त गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार खनाललाई मुख्यसचिव पदको जिम्मेवारी दिएका हुन् । उक्त जानकारी पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले दिएका छन् ।

प्राध्यापक डाक्टर खनाल लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए । उनी हाल पार्टीको केन्द्रीय कार्यसमिति सदस्यका साथै पार्टीसम्बद्ध प्राज्ञिक परिषद्का अध्यक्ष समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया