सोमबार ४ जेठ २०८३
खेलकुद

नेपाली क्रिकेट अम्पायर भास्कर अर्यालको निधन

आइतबार जेठ ३, २०८३/ Sunday 05-17-26

काठमाडौं । नेपाली क्रिकेटका अम्पायर भास्कर अर्यालको निधन भएको छ । मोरङको विराटनगर महानगरपालिका–४ निवासी अर्यालको आज बिहान निधन भएको हो ।

लेभल–वान क्रिकेट अम्पायर रहेका अर्याल जन्डिस रोगबाट पीडित थिए । उनले स्थानीयदेखि विभिन्न स्तरीय क्रिकेट प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गर्दै आएका थिए ।

उनको निधनप्रति नेपाल क्रिकेट संघ र कोशी प्रदेश क्रिकेट संघले दुःख व्यक्त गरेका छन् । दुवै संस्थाले सामाजिक सञ्जालमार्फत अर्यालको निधनले नेपाली क्रिकेट विकासमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

अर्यालको आजै दिउँसो विराटनगरस्थित परोपकार घाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

 

तपाईको प्रतिक्रिया