अमेरिकाको शक्तिशाली युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ स्वदेश फिर्ता
वासिङ्टन डीसी। अमेरिकी नौसेनाको अत्याधुनिक आणविक ऊर्जाबाट सञ्चालित विमानवाहक युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ आफ्नो पहिलो पूर्ण-स्तरीय ऐतिहासिक तैनाथी पूरा गरी स्वदेश फर्किएको छ। पेन्टागनका अनुसार यो युद्धपोत उत्तर एटलान्टिक, पूर्वी भूमध्यसागर तथा मध्यपूर्व क्षेत्रमा सुरक्षा निगरानीका लागि परिचालित गरिएको थियो।
इजरायल–हमास द्वन्द्वपछि मध्यपूर्वमा बढ्दो तनावका कारण अमेरिकाले यसको तैनाथी अवधि पटक–पटक थपेको थियो। करिब २४० दिन लामो मिशनमा युद्धपोतले लाल सागर र भूमध्यसागर क्षेत्रमा व्यावसायिक जहाजहरूको सुरक्षा, समुद्री मार्गको निगरानी तथा नाटो राष्ट्रहरूसँग संयुक्त सैन्य अभ्यासमा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।
मिशनका क्रममा ‘यूएसएस जेराल्ड आर फोर्ड’ ग्रीसको सुडा बे नौसैनिक अखडामा पनि पुगेको थियो। हाल यो भर्जिनियास्थित नोर्फोक नेभल स्टेशन फर्किएको छ, जहाँ अब नियमित मर्मत तथा प्राविधिक जाँच गरिने पेन्टागनले जनाएको छ।
तपाईको प्रतिक्रिया