बिहीबार ७ जेठ २०८३
राजनीति

सभामुखले संसद् मर्यादा जोगाउन नसकेको कांग्रेस सचेतकको आरोप

बिहीबार जेठ ७, २०८३/ Thursday 05-21-26

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले संसद्को गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सभामुखको भएको बताएका छन्।

प्रतिपक्षी दलका सांसदहरूले विभिन्न समयमा गरेका गतिविधिहरूलाई लिएर उनले संसदीय अभ्यास र आचरणबारे प्रश्न उठाएका हुन्। उनले प्रतिपक्षमा हुँदा रास्वपा सांसदहरूले निलो स्कार्फ लगाउने र अहिले प्लेकार्ड प्रदर्शन गर्ने कार्यलाई संकेत गर्दै त्यसलाई संसदीय मर्यादाविपरीत भएको टिप्पणी गरे।

सदनमा विशेष समयमा बोल्दै सचेतक राईले भने, “आफैंले गरेको कदम संसदीय र मर्यादित हुने, तर अहिले प्रतिपक्षीले देखाएको प्लेकार्ड कसरी अमर्यादित? सभामुख महोदय, त्यो पनि अमर्यादित थियो। अहिले पनि सदनमा अमर्यादित काम भइरहेको छ भन्ने मेरो निष्कर्ष हो।”

उनले संसद्को मर्यादा कायम राख्ने प्रमुख जिम्मेवारी सभामुखकै भएको भन्दै त्यसमा कमजोरी देखिएको हो कि भन्ने प्रश्न समेत उठाए।

 

तपाईको प्रतिक्रिया