राजनीति
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
बिहीबार जेठ ७, २०८३/ Thursday 05-21-26
काठमाडौँ । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। सभामुख डीपी अर्यालले अवरोधका बीच बैठक स्थगित गर्ने घोषणा गरेका हुन्।
विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अनिवार्य रूपमा कार्यान्वयन हुनुपर्ने बताएका छन्। उक्त कार्यक्रम बिना प्रतिनिधिसभाको बैठक अघि बढ्न नसक्ने उनीहरूको अडान रहेको छ।
बिहीबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरलगायत विपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई प्रश्नोत्तर गराउन माग गरेका थिए।
तपाईको प्रतिक्रिया