बिहीबार ७ जेठ २०८३
राजनीति

एमालेका पाँच सचिवलाई प्रदेश इन्चार्जको प्रस्ताव

बिहीबार जेठ ७, २०८३/ Thursday 05-21-26

काठमाडौँ । नेकपा एमालेले पार्टीका पाँच सचिवलाई विभिन्न प्रदेशको इन्चार्ज बनाउने तयारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले तयार गरेको प्रस्तावित कार्यविभाजन अनुसार सचिवहरूलाई प्रदेश नेतृत्वको जिम्मेवारी दिने योजना अघि सारिएको हो।

प्रस्तावित सूचीमा शेरधन राईलाई कोशी प्रदेश, महेश बस्नेतलाई बागमती, खगराज अधिकारीलाई गण्डकी, यमलाल कँडेललाई कर्णाली तथा छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेशको इन्चार्ज बनाउने प्रस्ताव गरिएको छ।

त्यसैगरी, मधेस प्रदेशको इन्चार्जमा लिलानाथ श्रेष्ठ र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दामोदर भण्डारीलाई दिने गरी ओलीले कार्यविभाजनको खाका तयार पारेका छन्।

तपाईको प्रतिक्रिया