मंगलबार १२ जेठ २०८३
खेलकुद

साफ महिला च्याम्पियनसिपः नेपाल आज भुटानसँग भिड्दै

सोमबार जेठ ११, २०८३/ Monday 05-25-26

काठमाडौं। साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाली महिला फुटबल टोलीले आज भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । समूह ‘ए’ अन्तर्गत नेपाल र भुटानबीचको खेल भारतको गोवास्थित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ।

दुवै टोली प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रिँदै छन् । नेपाल साफ महिला च्याम्पियनसिपको ६ पटकको उपविजेता टोली हो भने भुटानले हालसम्म सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन ।

साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध अहिलेसम्म हार बेहोरेको छैन । दुई टोलीबीच भएका पाँच भेटमध्ये नेपालले चार खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

नेपालले सन् २०१४ मा भुटानलाई ८–० ले हराउँदै पहिलो भेटमा शानदार जित निकालेको थियो । त्यसपछि २०१६ मा ६–०, २०१९ मा ३–० र २०२२ मा ४–० को जित निकालेको नेपालले पछिल्लो २०२४ संस्करणमा भने गोलरहित बराबरी खेलेको थियो ।

 

तपाईको प्रतिक्रिया