काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार दिउँसो ३ः३० बजे सिंहदरबारस्थित कार्यालयमा बस्ने गरी बैठक तय गरिएको हो।
सरकारका नियमित प्रशासनिक, आर्थिक तथा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि निर्णय हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, विकास आयोजनाको प्रगति, प्रशासनिक नियुक्ति तथा अन्य नीतिगत विषयमा समेत छलफल हुन सक्ने बताइएको छ । सरकारले हाल देखिएका आर्थिक तथा प्रशासनिक चुनौतीबारे पनि बैठकमा समीक्षा गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।
तपाईको प्रतिक्रिया