बिजनेस
नेप्सेमा उत्साहजनक सुधार, कारोबार रकम करिब १० अर्ब पुग्यो
सोमबार जेठ ११, २०८३/ Monday 05-25-26
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ८५ अंकले बढेर २ हजार ७ सय ८६ दशमलव ३५ विन्दुमा पुगेर बन्द भएको हो ।
आज ३४२ कम्पनीका १ करोड ४५ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम करिब १० अर्ब रुपैयाँ पुगेको छ ।
कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको देखिएको छ । २३५ कम्पनीको शेयर मूल्य उकालो लाग्दा २८ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ०१ प्रतिशतले बढेको छ । यता बुंगल हाइड्रोको शेयर मूल्य भने १० दशमलव ३२ प्रतिशतले घटेको छ ।
आज म्युचुअल फण्ड बाहेक सबै समूहका उपसूचक हरियाली देखिएका छन् । म्युचुअल फण्ड समूह मात्रै सामान्य गिरावटमा बन्द भएको छ ।
तपाईको प्रतिक्रिया