शनिबार २७ असार २०८३
समाज

अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा एक जनाको मृत्यु

शुक्रबार असार २६, २०८३/ Friday 07-10-26

काठमाडौँ । काठमाडौँको माकलबारी क्षेत्रमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक पैदल यात्रुको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार गुडिरहेको सवारीसाधनमा रहेको अक्सिजन सिलिन्डर अचानक विस्फोट भएको थियो। विस्फोटपछि उछिट्टिएको सिलिन्डरको टुक्रा लागेर स्थानीय ४६ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्काल उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेज लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ। यस विषयमा प्रहरी वृत्त बौद्धले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया