शनिबार २७ असार २०८३
समाज

आत्मदाह प्रकरणपछि तीन नगर प्रहरी पक्राउ

शुक्रबार असार २६, २०८३/ Friday 07-10-26

काठमाडौं । राहदानी विभाग अगाडि भएको गणेश नेपालीको आत्मदाह प्रयास प्रकरणमा तीन जना नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोधपुछका लागि दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका थिए। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो।

घटनापछि उनलाई वीर अस्पतालको बर्न आईसीयूमा भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको थियो।

परिवार र आफन्तले ‘राइड सेयरिङ’ मार्फत जीविकोपार्जन गर्दै आएका नेपालीको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्वील लक’ लगाएपछि मानसिक तनावमा परेर उनले आत्मदाहको प्रयास गरेको दाबी गरेका छन्।

यस घटनाको वास्तविक कारण र जिम्मेवारी निर्धारणका लागि प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया